images
images

नेप्से १५ अंकले बढ्दा हाइड्रोमा गिरावट


  • 646
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    नेप्से १५ अंकले बढ्दा हाइड्रोमा गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) १५ अंकले बढेको छ । मंगलबार नेप्से परिसुचक १५३० अंकले बढेर ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगेको हो । सो दिन १३ अर्ब २९ करोड  रुपैयाँको शेयर कारोबार भएको छ । 
    दिनभर उतारचढावबीच कारोबार भएको बजारमा नेप्से सहित सेन्सेटिभ र  फ्लट सुचकहरु बढ्दा  सेन्सेटिभ फ्लट सुचक  घटेको छ  । १३ उपसुचकमध्ये ९ उपसुचकहरु बढेका छन् । बैकिंग, हाइड्रोपार, उत्पादनमुलक क्षेत्र र म्युचुअल फन्डका उपसुचकहरु  घटेका छन् । सबैभन्दा बढी बृद्धि होटल तथा पर्यटन क्षेत्रमा देखिएको छ भने सबैभन्दा बढी गिरावट हाइड्रोपावरको क्षेत्रमा देखिएको छ । 
    आज बजारमा १८३ कम्पनीको कारोबार हुँदा १०९ कम्पनीको शेयर मुल्य बढेको छ । ७३ कम्पनीको शेयर मुल्य घटेको छ भने एक कम्पनीको मुल्य स्थिर रहेको छ । 
    आज बजारमा १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीहरुमा नारायणि डेभलपमेन्ट बैंक, मल्टि प्रपोज फाइनान्स, चन्द्रागिरि हिल्स लगायतको शेयर मुल्य सर्वाधिक बढेको छ भने पन्चकन्यामाई हाइड्रोपावर, सिंगटि हाइड्रो, ग्रिनलाईफ हाइड्रो लगाएतको शेयर मुल्य सर्वाधिक घटेको छ । 

     

    Tags:

    # nepse

    images

    Logo