काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले जारी गर्न लागेको आईपीओ आजबाट बिक्री खुला हुने भएको छ । कम्पनीले ७ करोड ३६ लाख२८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो । सो कम्पनीको शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयसम्म शेयर बिक्री नभएका हकमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । केही वर्षअघि नै स्थानीयलाई शेयर बिक्री गरेको सो कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख रुपैयाँ रहेको छ ।