images
images

एक अंकले बढ्यो नेप्से, लक्ष्मी इक्विटीको शेयरमा भारी गिरावट


  • 460
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    एक अंकले बढ्यो नेप्से, लक्ष्मी इक्विटीको शेयरमा भारी गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) एक अंकले बढेको छ । आइतबार नेप्से १.२५ अंकले बढेर ३ हजार ८१ दशमलव ०५ बिन्दुमा पुगेको छ । यो सँगै आइतबार १२ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।

    बजार खुल्दा ३ हजार ९० दशमलब ५५ बाट कारोबार सुरु भएपनि परिसुचक दिनभर घट्दो क्रममै रह्यो । दिनभर थोरै उतारचढाबबिच कारोबार भएको बजारमा नेप्से सहित, सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट सुचकहरु सकरात्मक नै रहे । १३ उपसुचकमध्ये ६ वटा बढेका छन् । हाइड्रो, माइक्रो फाइनान्स लगाएतका उपसुचकहरु बढेका छन् भने फाइनान्स र इन्स्योरेस लगाएतका उपसुचकहरु घटेका छन् । 

    आज १ सय ८४ कम्पनीहरुको कारोबार हुँदा ९२ कम्पनिको मुल्य बढेको छ । ९१ कम्पनीको मुल्य घट्दा एक कम्पनीको मुल्य स्थिर रहेको छ ।  

    आज बजारमा सबैभन्दा बढि कमाउने कम्पनीमा सिनर्जि पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोलगाएत रहेका छन् भने लक्ष्मी इक्विटी फण्ड, चन्द्रागिरि हिल्स लगाएतका कम्पनिको शेयर मुल्यमा गिरावट आएको छ ।


    images

    Logo