काठमाडौं । सहकारी विभागले समस्याग्रस्त सहकारीको नाम सार्वजनिक गरेको छ । विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषणा गरिएको १३ वटा सहकारी नामावली सार्वजनिक गरेको हो ।
विभागले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी २०७५ सालमा ९ वटा सहकारी एकैदिन असार १८ गते समस्याग्रस्त घाषणा गरिएको पाइएको छ । २०७५ फागुन १९ गते पनि विभागले एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो । पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
