काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको साधरण शेयर सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार सो कम्पनीको शेयर सूचीकरण भएको हो ।
सूचीकरणसँगै सोमबारदेखि सो कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीले यसअघि ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओ र संस्थापकको ८ लाख २२ हजार ५ सय कित्ता शेयर गरी कम्पनीको १२ लाख ११ हजार कित्ता शेयर सूचीकृत भएको हो ।
सोमबारका लागि कम्पनीले ११०.८४ रुपैयाँदेखि ३३२.५२ रुपैयाँसम्मको ओपन रेञ्ज दिएको छ ।