images
images

हाइड्रोको शेयरमा लगानीकर्ताको ध्यान  


  • 643
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    हाइड्रोको शेयरमा लगानीकर्ताको ध्यान  

    काठमाडौँ । लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनशेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

    जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए ।

    कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड छ लाख ५३ हजार ७ सय ५१ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८३४, सिनर्जी पावर ३२ करोड १२ लाख पाँच हजार ७ सय ७५ रुपैयाँ, ङादी ग्रुप अफ पावर ३० करोड ४६ लाख ९९ हजार ८ सय ७३ रुपैयाँ र युनिभर्सल पावरको  २९ करोड ३९ लाख ८९ हजार ४ सय १८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२५ बिन्दुले बढेर ३ हजार ८१.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको छ । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँ मूल्यमाा खरिद बिक्री भए । आजको कारोबार पछि बजार पूँजीकरण ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८ सय ७२ रुपैयाँ बराबर पुगेको छ ।


    images

    Logo