images
images

मेरो माइक्रोफाइनान्सको नाफा १४५ प्रतिशतले बढ्यो 


  • 393
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    मेरो माइक्रोफाइनान्सको नाफा १४५ प्रतिशतले बढ्यो 

    काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुुवित्तको नाफा १४५ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७७/२०७८ को वित्तीय विवरण अनुुसार मेरो माइक्रोफाइनान्सको नाफा बढेर ४४ करोड ७२ लाख रुपैयाँ बढेको हो । अघिल्लो बर्ष १८ करोड २१ लाख रुपैयाँ नाफा रहेको थियो ।

    अघिल्लो बर्ष ५ अर्ब ७७ करोड ऋण प्रवाह गरेको संस्थाले यो बर्ष १३ अर्ब ६४ करोड ऋण प्रवाह गरेको छ । सो बाट १ अर्ब ४५ करोड ब्याज आम्दानी गरेको छ । जबकि अघिल्लो बर्ष ब्याज आम्दानी ९६ करोड मात्र थियो । 

    संस्थाले ऋण प्रवाहको मात्र बढाएपछि यो नाफा हासिल गरेको हो । यो नाफा कायम चुुक्ता पुूँजीमा प्रतिशेयर ४४.७२ रुपैयाँ हो ।


    images

    Logo