काठमाडौँ । मैलुङ हाइड्राको आइपिओ भर्ने समय थप हुने भएको छ । सोमबार मेरोशेयरमा समस्या आएपछि आइपिओ भर्ने म्याद थपिने भएको हो ।
सोमबार साँझ ५ बजेसम्म आइपीओ भर्ने अन्तिम म्याद रहेको भएपनि मेरो शेयरमा समस्या आएपछि लगानीकर्ताहरु आइपीओ भर्नबाट बञ्चित भएका हुन् ।
नेपाल सरकारको राष्ट्रिय सुचना प्रविधि केन्द्रमा आएको समस्याले मेरोशेयर लगायतका वेबसाइटहरु नखुलेको सिडीएससीले जनाएको छ ।
साउन १४ गतेदेखि आइपीओ खुलेको मैलुङ हाइड्रोको आइपीओमा आइतबार बेलुकिसम्म ३५ गुणा बढि आवेदन परेको छ ।