images
images

७६ प्रतिशतले बढ्यो गणपति लघुवित्तको नाफा 


  • 1.1K
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    ७६ प्रतिशतले बढ्यो गणपति लघुवित्तको नाफा 

    काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाको मुनाफा ७६ प्रतिशतले बढेको छ । आर्थिक बर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार संस्थाले ४ करोड २१ लाख रुपैयाँ मुनाफा कमाएको छ । सो रकम अघिल्लो बर्षको नाफा भन्दा ७६ प्रतिशतले बढी हो ।

    गत आर्थिक बर्षमा १ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाले यो आर्थिक बर्षमा १ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    ब्यवसाय बिस्तारमा खासै ठुलाे प्रगति नदेखिएपनि पनि संस्थाले राइट ब्याककाे कारण नाफामा उल्लेख्य बृद्धि गर्न सफल भएकाे हाे । 

    संस्थाको प्रतिशेयर आम्दानी अनुपात ३३.०८ रुपैँया रहेको छ ।


    images

    Logo