काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेवसाइटको एउटा डोमेन स्थायी रुपमै बन्द हुने भएको छ । हाल सञ्चालनमा रहदै आएको www.nepalstock.com बन्द हुने भएको हो । अब www.nepalstock.com.np मात्रै चल्नेछ ।
नेप्सेले यसअघि नयाँ एक्सटेन्सनमा परिमार्जित वेवसाइटको बेटा भर्सन सार्वजनिक गरेको थियो । आबश्यक परीक्षण पछि सो वेवसाइटलाई फुल भर्सनमा रुपान्तरण गर्न लागिएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अहिले नयाँ वेवसाइटमा पुरानो वेवसाइटबाट डाटा ट्रान्फरको काम भइरहेको छ । यो सकिन करिब एक हप्ता लाग्ने उनले बताए ।
डाटा ट्रान्फरको काम सम्पन्न भएपछि नेप्सेको वेवसाइट एउटै डोमेनबाट पुर्णकालिन रुपमा सञ्चालन हुने नेप्सेले जनाएको छ ।