images
images

२६ अंकले बढ्यो नेप्से, हाइड्रोका लगानीकर्ताले कमाए


  • 560
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    २६ अंकले बढ्यो नेप्से, हाइड्रोका लगानीकर्ताले कमाए

    काठमाडौँ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २६.०२ अंकले बढेको छ । नेप्से २६ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । दिनभर शेयर बजारमा ११ अर्ब रुपैयाँको कारोबार भएको छ ।

    १ सय ८५ कम्पनीको कारोबार भएको बजारमा १ सय ३१ कम्पनीले नाफा कमाएका छन् भने ४८ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।

    मंगलबार पाँचथर पावर लिमिटेड, रुरु हाइड्रो, जीवन विकास लघुवित्त लगायतका कम्पनीको शेयर मुल्यले सकारात्मक सर्किट छोएको छ । युनिलिभर नेपाल, नविल ब्यालेन्स्ड फण्ड लगायतका कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।


    images

    Logo