images
images

छिमेक लघुवित्तको नाफा १ अर्ब २१ करोड, सबै सूचकमा लोभलाग्दो प्रगति


  • 411
    SHARES
  • २०७८ श्रावण २० गते बुधबार

    छिमेक लघुवित्तको नाफा १ अर्ब २१ करोड, सबै सूचकमा लोभलाग्दो प्रगति

    काठमाडाैं । छिमेक लघुवित्तले गत आवको अन्त्यसम्ममा १ अर्ब २१ करोड ५६ लाख बढीको खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    लघुवित्त कम्पनीले सो नाफासँगै सबैजसने सूचकहरुमा लोभलाग्दो प्रगति गरेको छ । हाल चुक्ता पुँजी १ अर्ब ८३ करोड रहेको सो कम्पनीको जगेडा कोषमा ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

    यस आधारमा सो लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी ६६.४३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ रहेको छ । सो लघुवित्त कम्पनीले अघिल्लो आवको अन्त्यसम्ममा ६४ करोड ९२ लाख रुपैयाँ कमाएर ४३ रुपैयाँ २८ पैसा प्रतिशेयर आम्दानी गरेको थियो ।

    साथै, अघिल्लो आवको अन्त्यसम्ममा सो लघुवित्तको जगेडा कोषमा १ अर्ब ६९ करोड रहेको थियो । 


    images

    Logo