काठमाडौं । नेप्सेमा एकैदिन ३४ लाख कित्ता भन्दा बढी शेयर सूचीकृत भएको छ । शुक्रबार ५ कम्पनीको ३४ लाख १० हजार कित्ता शेयर सूचीकरण भएको हो ।
यसरी सूचीकरण हुने शेयरमा फरवार्ड माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नाडेप लघुवित्त र मिथिला लघुवित्त छन् ।
फरवार्ड माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ३८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सो कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा २५ प्रतिशत बोनस शेयर दिएको थियो ।
रिलायन्स फाइनान्सको पनि ८ लाख ३२ हजार ४ सय १६ कित्ता हकप्रद शेयर सूचीकरण भएको छ । यो कम्पनीले गत वर्ष ८ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो ।
प्रुडेन्सियल इन्स्योरेन्स पनि यसअघि दिएको ८ प्रतिशत बोनस शेयर बराबर हुने ८ लाख २१ हजार १ सय ४५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, नाडेप लघुवित्तले दिएको ३ लाख ६८ हजार कित्ता बराबरको १० प्रतिशत बोनस शेयर तथा मिथिला लघुवित्तले दिएको १२ प्रतिशत बोनस शेयर बराबरको १ लाख ४६ हजार ८९ कित्ता शेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।


