काठमाडौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार बढेको छ । आजको बजारमा नेप्से १.५४ अंकले बढेर ३ हजार १ सय ९ दशमलव ६६ बिन्दुमा पुगेको हो । बजारमा १४ अर्ब १३ करोड बराबरको कारोबार भयो ।
सोमबार २५ करोड ३९ लाख ३ हजार ६ सय ९९ कित्ता शेयर कारोबार भएको छ । नेप्से बढेसँगै ८ कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कम्पनीमा हाइड्रो, फाइनान्स र इन्स्योरेन्स रहेको छ ।
आज बजारमा आईसीएफसी फाइनान्स, हिमालयन पावर कम्पनी, नेपाल हाइड्रोपावर र युनियन हाइड्रोपावर को मूल्यमा सकारात्मक सर्किट लागेका हुन् ।