images
images

शेयर बजारमा चम्किए विकास बैंक र फाइनान्स कम्पनी, बैंकिङ क्षेत्र पनि लयमा फर्कियो


  • 657
    SHARES
  • २०७८ श्रावण २६ गते मंगलबार

    शेयर बजारमा चम्किए विकास बैंक र फाइनान्स कम्पनी, बैंकिङ क्षेत्र पनि लयमा फर्कियो

    काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको तेस्रो दिन मंगलबार शेयर बजार ५१.८६ अंकले बढेर ६ हजार १ सय ६१ दशमलव ४४ विन्दुमा पुगेको हो । बढ्दो बजारमा १७ अर्ब ८४ करोड रुपैयाँ बराबरका शेयर खरिदबिक्री भएका छन् । 

    मंगलबार बजार खुलेपछि सामान्य घटेको शेयर अन्तिम घण्टामा बढ्दा बजारमा उत्साह देखिएको हो । फाइनान्स, विकास बैंक उपसूचकमा भारी वृद्धि भएको छ । फाइनान्स समूह ६.७८ प्रतिशले बढेको छ भने विकास बैंक ८.०७ प्रतिशतले बढेको छ ।

    आज बैंकिङ सूचकमा पनि राम्रो वृद्धि देखिएको छ । बैंकिङ उपसूचक आज १.८७ प्रतिशतले बढेको छ । हाइड्रो, होटल र ट्रेडिङ उपसूचक भने आज घटेका छन् । 

    आज विकास बैंक र फाइनान्स कम्पनीका धेरै कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बजारमा आज १ सय ८५ कम्पनीको कारोबार हुँदा १ सय ३७ कम्पनीको शेयरमूल्य बढेको छ । ४६ कम्पनीको मूल्य भने आज पनि घटेको छ । 


    images

    Logo