images
images

मानुषी लघुवित्तको आईपीओ आजदेखि, कस्तो छ कम्पनीको अवस्था ? 


  • 1.2K
    SHARES
  • २०७८ श्रावण २७ गते बुधबार

    मानुषी लघुवित्तको आईपीओ आजदेखि, कस्तो छ कम्पनीको अवस्था ? 

    काठमाडौं । मानुषी लघुवित्त कम्पनीको शेयर आजदेखि खुला भएको छ । कम्पनीको ३ लाख ९३ हजार कित्ता साधारण शेयर बुधबारदेखि सर्वसाधारणलाई खुला भएको हो । बुधबार कार्यालय समयबा खुला हुने शेयर आवेदन आइतबारको बैंकिङ समयपछि बन्द हुनेछ । 

    यो शेयरमध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता शेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको ६ लाख ६८ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ । 

    सो लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट रहेको छ । आईपीओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी १० करोड नाघ्नेछ । मानुषीले जारी पुँजीको ३६ प्रतिशत बराबर आईपीओ जारी गर्न लागेको हो । 

    कस्तो छ कम्पनी ? 

    काभ्रेको बनेपा केन्द्रीय कार्यालय भएको मानुषी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो । आर्थिक वर्ष २०७६/७७ मा यो लघुवित्त प्रतिशेयर ४.५३ प्रतिशत नोक्सानमा रहेको थियो । सो आर्थिक वर्षमा यसको प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ६९ पैसा छ । 


    images

    Logo