काठमाडौँ। सरकारले कुलमान घिसिङलाई बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त गरे सँगै हाइड्रोपावरको शेयरमा उछाल आएको छ । बुधबार बजार खुलेको पहिलो २ घण्टामै अपर तामाकोशी, अरुण भ्याली, अरुण काबेली लगायतका हाइड्रोको शेयर कारोबार अत्याधिक भएको हो ।
अपर तामाकोशीको मात्रै ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अहिले अपरको शेयर ९ सय ११ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ । तेस्तै, अरुण भ्यालीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै अरुण काबेली, अपि पावर, रिडि हाइड्रो लगायतको कारोबार अत्याधिक बढिरहेकोे छ ।