images
images

आईपिओ ल्याउने तयारीमा रिलायबल, प्रतिकित्ता कति ?


  • 414
    SHARES
  • २०७८ श्रावण २७ गते बुधबार

    आईपिओ ल्याउने तयारीमा रिलायबल, प्रतिकित्ता कति ?

    काठमाडौ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी आईपीओ ल्याउने तयारीमा रहेको छ । यस कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

    रिलायबलले गत आर्थिक वर्षमा २ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क कम्पनीले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको भन्दा ८७ प्रतिशतले बढी हो । 

    यस कम्पनीले हालसम्म ६ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । रिलायबलको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ ।


    images

    Logo