images
images

चार म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक, मुनाफा १३७ करोड 


  • 492
    SHARES
  • २०७८ श्रावण २७ गते बुधबार

    चार म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक, मुनाफा १३७ करोड 

    काठमाडौँ । एनआईबीएल क्यापिटललले आफ्नो ब्यबस्थापनमा रहेको चारओटा म्युचुअल फण्डको वित्तीय विवरण सार्वजनिक गरेको छ । क्यापिटलले समृद्धि फण्ड १, सहभागिता फण्ड, प्रगति फण्ड (खुलामुखी योजना) र समृद्धि फण्ड २ को वित्तीय विवरण सार्वजनिक गरेको हो । 

    नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक र एनआइबिएल एस क्यापिटल योजना ब्यबस्थापक रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत चार ओटा कोष सञ्चालित छन् । 

    एनआईबीएल समृद्धि फण्ड १ 
    फण्डले यो आर्थिक बर्षमा ५५ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा २ सय ५८ प्रतिशत बढी हो । ५४ करोड ३६ लाख पुँजी रहेको फण्डको प्रतिइकाई खुद मुल्य १६ रुपैँया रहेको छ । 

    एनआईबीएल सहभागिता फण्ड  
    फण्डले १८ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो बर्ष २ करोड २४ लाख रुपैयाँ फण्डको मुनाफा रहेको थियो । यो अघिल्लो बर्षको भन्दा ७ सय ३५ प्रतिशत बढी मुनाफा हो । फण्डको प्रतिइकाई खुद मुल्य १७.४५ रुपैयाँ रहेको छ । 

    एनआईबीएल प्रगति फण्ड (खुलामुखी योजना) 
    अघिल्लो आर्थिक बर्षमा ११ करोड ८५ लाख रुपैयाँ मुनाफा कमायको फण्डले यो बर्ष ६२ करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो मुनाफा ५ सय १८ प्रतिशतले बढी हो । फण्डको प्रतिइकाई खुद मुल्य १८.२२ रुपैयाँ रहेको छ ।

    एनआईबीएल समृद्धि फण्ड २ 
    गत बैशाखबाट सुरु भएको फण्ड यो आर्थिक बर्षमा ७ लाख २४ हजार रुपैयाँ घाटामा गएको छ । फण्डको प्रतिइकाई खुद मुल्य १० रुपैयाँ रहेको छ ।


    images

    Logo