काठमाडौँ । साहस उर्जा लिमिटेडको ३५ लाख कित्ता साधारण शेयर निष्काशन भएको छ । कम्पनीले शुक्रबार आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाको लागी साधारण शेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम् १० लाख ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । शेयर आवेदन निष्काशन बन्द छिटोमा भाद्र ११ र ढिलोमा भाद्र २७ गते हुनेछ ।
आर्थिक बर्ष २०७७/७८ मा कम्पनीको प्रतिशेयर आम्दानी १५७.४३ रुपैयाँ रहेको छ ।