काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ३६ लाख ४२ हजार ९ सय कित्ता शेयर सुचिकृत भएको छ । बैकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछिको शेयर सुचीकृत भएको हो ।
नबिल बैंकले युनाईटेड फाइनान्स लिमिटेड लाई १ः०३५ को अनुपातमा प्राप्ती गरेको थियो । प्राप्ति पछि युनाईटेड फाइनान्स लिमिटेडको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ३५ कित्ता शेयर पाउँछन् ।