काठमाडौं । गरिमा विकास बैंकले विशेष साधारणसभा बोलाएको छ । भदौ १५ गते आफ्नै केन्द्रीय कार्यालयमा बस्नेगरी गरिमाले विशेष साधारणसभा बोलाएको हो ।
सहारा विकास बैंकसँगलाई एक्वायर गर्ने प्रारम्भिक सहमति गरेको बैंकले सो प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । सहारालाई गरिमाले १ः१ को अनुपातमा लिन लागेको हो ।