काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ५.७५ अंकले बढेको छ । साताको दोस्रो दिन नेप्से ५.७५ अंकले बढेर ३१६०.०९ बिन्दुमा पुगेको हो ।
दिनभर १५ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेसहित, सेन्सेटीभ, सेन्सेटीभ फ्लट र फ्लट सबै सुचकहरु सोमबार सकरात्मक रहे । १३ उपसुचकमध्ये ७ ओटा उपसुचकहरु सकरात्मक रहे भने ६ उपसुचक नकारात्मक रहे ।
हाइड्रोपावर, वाणिज्य बैंक विकास बैंकका उपसुचहरु सकरात्मक रहे । सोमबार नेसनल हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडि हाइड्रो, खानिखोला हाइड्रो लगायतका कम्पनीहरुको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । आईसिएफसि फाइनान्स, माउन्टेन इनर्जि लगायतका कम्पनिको शेयर मुल्य नकरात्मक रहे ।
आज बजारमा १८५ कम्पनीको शेयर कारोबार हुँदा ८८ कम्पनीको मुल्य सकरात्मक रह्यो भने ९१ कम्पनिको शेयर मुल्य नकारात्मक रह्यो । ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
नेशनल हाइड्रोको ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


