images
images

अरुण काबेली पावर कम्पनीले बोलायो साधारणसभा, १७ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ?


  • 616
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    अरुण काबेली पावर कम्पनीले बोलायो साधारणसभा, १७ प्रतिशत बोनस दिने, बुक क्लोज कहिले ?

    काठमाडौं । अरुण काबेली पावर कम्पनीले साधारणसभा बोलाएको छ । १७ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित कम्पनीले ११ औं वार्षिक साधारणसभा बोलाएको हो । 

    सो कम्पनीको साधारणसभा यहि भदौ २६ गते शनिबार संस्थाको प्रधान कार्यालय ट्रेड पावर नेपाल थापाथलीमा भर्चुअल माध्यमबाट बस्दैछ । 

    अरुण काबेली ले आर्थिक वर्ष ०७७/०७८ को मुनाफा बाट चुक्ता पुँजीको ०.८९ प्रतिशत कर प्रयोजनको लागि लाभांश दिनेछ । 

    साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखी २५ गते सम्म शेयरधनीहरुको किताब खाता बन्द गर्ने जनाएको छ । बोनस शेयरपछि हुन आउने पुँजीमा १ः१ बराबर हुन आउने १०० प्रतिशत हकप्रद शेयरदिने प्रस्तावसमेत गरिएको छ ।


    images

    Logo