images
images

धमाधम हकप्रद शेयर जारी गर्दै जलविद्युत् कम्पनी 


  • 3.1K
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    धमाधम हकप्रद शेयर जारी गर्दै जलविद्युत् कम्पनी 

    काठमाडौँ । आर्थिक बर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरिसकेका जलविद्युत् कम्पनीले धमाधम हकप्रद शेयर(राइट शेयर) जारी गर्ने तयारी गरिरहेका छन् । अरुण कावेली, ङादी ग्रुप र अपी पावरले साधारण सभा बोलाएका छन् । उक्त कम्पनीहरुले साधारण सभाको लागि हकप्रद जारी गर्ने प्रस्ताव राखेको हो । 

    ङादी ग्रुप लिमिटेडको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । 

    बोनश शेयर वितरण पछि हुन आउने चुक्ता पूँजीको १ बराबर २ को अनृुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

    अरुण कावेली पावर लिमिटेडले भदौ २५ गते भर्चुअल माध्यमबाट साधारण सभा डाकेको छ । साधारण सभामा हकप्रद शेयर निष्कासनको प्रस्ताव राखेको छ । कम्पनीले बुक क्लोजपछि शेरधनीलाई चुक्ता पुँजीको ०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीमा १ बराबर १ को दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव राखेको छ ।

    अपी पावर लिमिटेडले पनि भदौ २५ गते साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुृनाफाबाट कायम चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

    बाेनश शेयर वितरणपछि कायम हुने चुक्ता पूँजी २७५.८९ करोड रुपैयाँको १ शेयर बराबर ०.३९ दरले हुन आउने हकप्रद शेयर जारी गर्न लागेको हो ।  यो भनेको १०८.६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।


    images

    Logo