images
images

नेप्से ३७ अंकले बढ्यो २१ अर्बको कारोबार 


  • 451
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    नेप्से ३७ अंकले बढ्यो २१ अर्बको कारोबार 

    काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ३७.२८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव १९ बिन्दुमा पुगेको छ ।

    साताको चौथो दिन बुधबार पनि शेयर बजार मा वृद्धि भएको छ । बजारमा २१ अर्ब ३१ करोड बराबरको ३६ करोड ५० लाख कित्ता शेयर बिक्रि भएको छ । 

    आज बजारमा १८६ कम्पनीको शेयर कारोबार भएको छ जसमध्ये  ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको मुल्य घटेका छन् बाँकी  ५ कम्पनीको शयर मुल्य स्थिर रहेको छ । 

    बैंक, बिकास बैंक,माइक्रोफाइनान्स, हाइड्रो, लाइफ इन्स्योरेन्स, फाइनान्स लगायतका सबै उपसुचकहरु सकारात्मक रहेका छन् । विकास बैक ५.५५ प्रतिशतले बढेको छ भने फाइनान्स ४.८७ प्रतिशतले बढेको छ । 


    images

    Logo