काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस शेयर सुचीकृत भएको छ ।
उक्त कम्पनीको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत भएको हो ।
कम्पनीको उक्त बोनस शेयर बापतको ५ लाख ७० हजार ९ सय कित्ता शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।