images
images

मेगा म्युचुअल फन्ड–१ को १० करोड इकाई आईपीओ आउँदै


  • 363
    SHARES
  • २०७८ भाद्र २ गते बुधबार

    मेगा म्युचुअल फन्ड–१ को १० करोड इकाई आईपीओ आउँदै

    काठमाडौ । मेगा म्युचुअल फन्ड–१ को १० करोड इकाई निष्काशन हुने भएको छ । भदौ ४ गते देखि सो म्युचुअल फण्डको इकाई बिक्री हुन लागेको हो ।  

    प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य भएको कुल १ अर्ब रुपैयाँ बराबरको ईकाई बिक्रीका लागि साउन २८ गते धितोपत्र बोर्डले अनुमति दिएको थियो ।  

    कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक मेगा बैंकलाई छुट्याइएको छ । त्यसबाट बाँकी ८ करोड ५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

    आईपीओमा न्युनतम प्रतिइकाई १०० देखि १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सकिनेछ । आईपीओ बिक्री छिटोमा भदौ १० गते र ढिलोमा भदौ १८ गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ । आईपीओ बिक्रि प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । 


    images

    Logo