images
images

हाइड्रोको शेयरमा आकर्षण, साढे २ घण्टामा साढे २ अर्ब शेयर कारोबार


  • 458
    SHARES
  • २०७८ भाद्र ३ गते बिहीबार

    हाइड्रोको शेयरमा आकर्षण, साढे २ घण्टामा साढे २ अर्ब शेयर कारोबार

    काठमाडौँ । विहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रोको शेयर कारबारमा आकर्षण देखिएको छ । बजार खुलेको साढे २ घण्टा भित्रमा चारओटा हाइड्रो कम्पनीको मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । अरुण काबेली, नेशनल हाइड्रो, अरुण भ्याली र रिदि हाइड्रोको शेयर कारोबार उच्च देखिएको हो ।

    विहिबार अरुण कावेलीको शेयर प्रतिकित्ता ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको ९० करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भइसकेको छ ।

    अरुण भ्यालीको शेयर प्रतिकित्ता ६ सय ८१ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भइसकेको छ ।

    नेसनल हाइड्रोको शेयर प्रतिकित्ता ४ सय ७४ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भइसकेको छ ।

    रिदी हाइड्रोको शेयर प्रतिकित्ता ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भइसकेको छ ।


    images

    Logo