काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि बैंककाे १५ लाख कित्ता उर्जा ऋणपत्र सुचीकरण भएको छ । बिहिबार नेप्से र एनएमबी बैंकबीच एनएमबिको ५ प्रतिशत ऋणपत्र सुचीकरण गर्ने सम्झौता भएको हो ।
प्रत्तिकित्ता एक हजार रुपैयाँ कायम भएको ऋणपत्रको बिक्रिप्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको शुक्रबारबाट दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ ।