काठमाडौ । नेपाल फाइनान्स लिमिटेडको १८ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
कम्पनीले ललितपुर फाइनान्सलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको १८ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत गरेको हो ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन प्रति शेयर अंकित मुल्य १०० का दरको संङ्ख्या ३० लाख ५५ हजार ५ सय १३ देखी ४९ लाख ३४ हजार ९ सय ६४ सम्मको जम्मा १८ लाख ७९ हजार ४ सय ५२ कित्ता साधारण शेयर नेप्सेमा सुचीकरण गरेको हो ।