काठमाडौं । नेप्से १८ अंकले घटेको छ । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)१८ अंकले घटेर ३ हजार १ सय ८० बिन्दुमा पुगेको हो ।
आज बजारमा २० अर्ब ४९ करोड बराबरको ३० करोड ९१ लाख कित्ता शेयर कारोबार भएको छ । बजारमा १८६ ओटा कम्पनीको कारोबार भएको थियो जसमा ६१ वटा कम्पनीको मुल्य बढेको छ भने १ सय २२ वटा कम्पनीको मुल्य घटेको छ । ५ कम्पनीको मुल्य स्थिर रहेको छ ।
विद्युत नियमन आयोगको विज्ञप्ती सँगै हाइड्रोको मुल्य ३.१८ प्रतिशतले घटेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल एण्ड टुरिज्म लगायतका कम्पनीको मुल्य घटेको छ भने ट्रेडिङ, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स आदि कम्पनीको मुल्य बढेको छ ।