काठमाडौँ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ ले बुक क्लोज मिति तोकेको छ । फण्डले भदौ १८ गतेको लागि बुक क्लोज तोकेको हो ।
एनएमबि फिफ्टी ले इकाइधनिलाई कर सहित ३० प्रतिशतका दरले र एनएमबि हाइब्रिड फण्ड एल १ ले करसहित २० प्रतिशतका दरले इकाईधनिलाई योजनाको प्रतिफल दिने भएको छ ।
भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भएका र तोकिएको समयावधिभित्र रितपुर्वक नामसारी भई आएका इकाईधनिहरुले मात्र नगद प्रतिफल पाउने कम्पनीले जनाएको छ ।