images
images

तेह्रथुम पावर कम्पनीको आईपीओ आजदेखि खुला, कति दिने आवेदन ?


  • 764
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    तेह्रथुम पावर कम्पनीको आईपीओ आजदेखि खुला, कति दिने आवेदन ?

    काठमाडौ । तेह्रथुम पावर कम्पनीको  साधारण शेयर (आईपीओ) आज देखि खुल्ला भएको छ । कम्पनीले ८ करोड बराबरको ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो । 

    कम्पनीले प्रतिकित्ता १०० का दरले ८ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जारी गरेको कुल शेयर मध्ये २ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ  । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

    सो शेयरका लागि सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा भदौ २३ गतेसम्म आवेदन 
    दिन सकिनेछ ।  

    उक्त शेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटले जनाएकोे छ । 

    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको संङ्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्ता सम्म आवेदन दिन सकिने छ ।


    images

    Logo