काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । नियुक्तीसँगै सोमबारदेखि मानुषीको शेयर सम्बन्धि सम्पुर्ण काम नेपाल एसबीआई मर्चेन्टबाट हुने भएको हो ।
अब मानुषीको शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डि म्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धि सम्पुर्ण कामहरु नेपाल एसबीआईबाट हुने भएको हो ।
सोमबार मानुषी लघुवित्तको २६ हजार ८ सय जनाले १० कित्ता आइपीओ पाएका थिए ।