काडमाडौं । सनराईज फर्स्ट म्युचुअल फण्डले बुक क्लोजको मिति तोकेको छ ।
कम्पनीले प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको हो । इकाइधनिहरुलाई प्रतिफल वितरणका लागि सञ्चालक समितिले असोज १६ गते एकदिन इकाइधनि दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो ।
सो कम्पनीेले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट इकाइधनिहरुलाई ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।