काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।
साउदमाथि बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर अनाधिकृत तवरले खरिद गरेको आरोप लागेको थियो । कात्तिक २३ गते कार्यकाल पुरा हुने साउदले सम्मेलन मार्फत आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् ।
उनले राजीनामा दिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई राजिनामाको लागि दबाब सिर्जना भएको छ ।
साउदले श्रीमतीको नाममा र ढुङगाना छोरीको नाममा सर्वोत्तम सिमेन्ट शेयर अनाधिकृत तवरले किनेपछि विवादमा तानीएका थिए । साउद र ढुङगानालाई कारवाहीको लागि अर्थ समितिले निर्देशन दिइसकेको छ ।


