काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको ५९ लाख कित्ता शेयर सुचिकृत भएको छ ।
अपि पावर कम्पनी र सुर्योदय लघुवित्त वित्तिय संस्थाको शेयर नेप्से सुचिकृत भएको हो ।
सुर्योदय लघुवित्त वित्तिय संस्थाको १५ दशमलव ३५ प्रतिशत बोनस बापतको ३ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
अपि पावर कम्पनीको २९ दशमलव ३८ प्रतिशत हकप्रद बापतको ५६ लाख ७० हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।