images
images

४ कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामी हुँदै, सर्वसाधारणले पनि आवेदन दिन पाउने


  • 410
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    ४ कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामी हुँदै, सर्वसाधारणले पनि आवेदन दिन पाउने

    काठमाडौं । प्रुडेन्सियल क्यापिटल लिमिटेडले एकैचोटी ४ वटा कम्पनीको संस्थापक शेयर लिलाम बिक्री लागेको छ। क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ति कम्पनीको २ लाख ५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हाे । 

    उक्त शेयर खरिद गर्नका लागि भदौ ११ गते देखि २५ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । सो शेयर किन्नका लागि  सम्बन्धित कम्पनीको विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । 

    प्राइम कमर्शियल बैंक लिमिटेडको ७० हजार कत्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । उक्त बैंकको शेयरको न्युनतम मुल्य २०८ रुपैयाँ तोकिएको छ । सो शेयरमा न्युनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । सो बैंकको शेयरको न्युनतम मुल्य १८५ रुपैयाँ तोकिएको छ । सो शेयरमा न्युनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।


    नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । उक्त शेयरको न्युनतम मुल्य ४३७ रुपैयाँ तोकिएको छ । सो शेयरमा न्युनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    नेपाल ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको ३५ हजार हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । सो कम्पनीको शेयरको न्युनतम मुल्य ४५५ रुपैयाँ तोकिएको छ । सो शेयरमा न्युनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    साथै बोलपत्र आवेदन पश्चात सम्बन्धित कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश स्विकृत आवेदन कर्ताहरुले प्राप्त गर्नेछन् । 

    कम्पनीको शेयर बिक्री प्रबन्धकको रुपमा एन आई सी एसिया क्यापिटल रहनेछ । 

     

     


    images

    Logo