काठमाडौं । मेगा म्युचुअल फण्ड – १ मा माग गरेको भन्दा २.३६ गुणा बढि आवेदन परेको छ ।
मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड – १ मा आवेदकहरुबाट करिब २० करोड, १४ लाख, ५५ हजार, ६ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।
शेयर खुला गरेको दूई दिनमै आवेदन दिनेको सङ्ख्या बढेको हो । चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको छ ।
प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाइ मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्युनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
मागभन्दा धेरै बढी एकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि एकाइहरु बाँडफाँड गरिनेछ ।
नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सवै भन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको मेगा क्यापिटल मार्केट्सले जनाएको छ ।


