काठमाडौं । पुँजी बजारका लगानीकर्ताको सबैभन्दा पुरानो संस्था नेपाल इन्भेष्टर्स फोरममा नयाँ नेतृत्व आएको छ । शनिबार सम्पन्न संस्थाको १३ औं देखि १६ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
उक्त साधारणसभामा आगामी ४ वर्षका लागि फोरमको अध्यक्षमा तुलसीराम ढकाललाई जिम्मेवारी दिएको छ । त्यस्तै फोरमको प्रथम उपाध्यक्षहरुमा राजन लम्साल र अञ्जिव तुलाधार छानिएका छन्।
यस्तै, महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनालले जिम्मेवारी पाएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ, सिर्जना सुवेदी रहेका छन् ।