काठमाडौँ । धितोपत्र बोर्डको पाइपलाइनमा ४ करोड ९४ लाख १६ हजार १ सय ४८ कित्ता आईपीओ रहेको छ । बोर्डमा साउन २५ गतेसम्ममा १९ कम्पनीले ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् ।
बोर्डको पाइपलाइनमा रहेका कम्पनीमध्ये अधिकाम्स जलविद्युत् कम्पनी रहेका छन् । ११ ओटा जलविद्युत् कम्पनी, ४ ओटा माइक्रोफाइनान्स, २ ओटा इन्स्योरेन्स र अन्य २ ओटा कम्पनीको आईपीओ पाइपलाईनमा रहेको हो ।
बोर्डले १३ ओटा कम्पनीको आईपीओ निष्काशन अनुमतीको आवेदनलाई प्रारम्भिक समिक्षा गरिरहेको छ । त्यस्तै, २ कम्पनीको आवेदनलाई समिक्षा गरेर टीप्पणी पठाइसकेको छ । ४ कम्पनीले पठाएको टीप्पणी पछिको आवेदनलाई बोर्डले समिक्षा गरिरहेको छ ।
जलविद्युत् कम्पनी
बोर्डमा ११ ओटा जलविद्युत् कम्पनीकोे ३ करोड २० लाख कित्ता शेयर पाइपलाइनमा रहेको छ ।
सयपत्री हाइड्रोपावरको ९ लाख कित्ता, अपर सोलु हाइड्रो कम्पनीको ३३ लाख कित्ता, दोर्दि खोला जलविद्युत्को २९ लाख ५१ हजार कित्ता, अपर हेवाखोला हाइड्रोको २० लाख कित्ता, मोलुङ्ग हाइड्रोको ३५ लाख कित्ता, रिभर फल्स पावरको ३४ लाख ३० हजार कित्ता तथा थ्रि स्टार हाइड्रोको १२ लाख ३१ हजार कित्ता शेयर धितोपत्रको पाइपलाइमा रहेको छ ।
त्यस्तै, बिन्धवासिनि हाइड्रोको २५ लाख कित्ता, हिमालयन हाईड्रोको २२ लाख ५० हजार कित्ता, बलेफि हाइड्रोको ३६ लाख ५५ हजार कित्ता र ग्रिन भेन्चरको ६२ लाख ५० हजार कित्ता शेयर पाइपलाइनमा रहेको छ । उक्त ४ जलविद्युत् कम्पनीको निष्काशन आवेदनलाई बोर्डले टीप्पणी पछि समिक्षा गरिरहेको छ ।
माइक्रो फाइनान्स
माइक्रो फाइनान्सका ३ ओटा कम्पनीको आइपीओ पाइपलाइनमा रहेको छ ।
नेष्डो समृद्ध लघुवित्तको ८ लाख २८ हजार कित्ता, जाल्पा सामुदायीक लघुवित्त ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार र उपकार लघुवित्तको २ लाख ६६ हजार कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । उक्त कम्पनीहरुलाई बोर्डले प्रारम्भिक समिक्षा गरिरहेको छ ।
इन्स्योरेन्स कम्पनी र अन्य
बोर्डमा दुईओटा इन्स्योरेन्स र अन्य दुई कम्पनीको आईपीओ पनि पाइपलाईनमा रहेको छ । रिलायवल लाईफको ६० लाख कित्ता तथा आईएमई लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता शेयर निष्काशन अनुमतिको पर्खाईमा रहेको छ ।
त्यस्तै, इमर्जिङ नेपालको ५ लाख ५५ हजार कित्ता र डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता शेयर निष्काशनको पर्खाईमा रहेको छ ।
दुई बर्षदेखि धितोपत्र बोर्डमा अलपत्र कम्पनी
बोर्डमा दुई बर्षदेखि आईपीओ निष्काशनको अनुमति पर्खेर कम्पनीहरु बसेका छन् । विन्धवासिनि हाईड्रो पावर र हिमालयन हाईड्रो पावर कम्पनी दुई बर्षदेखि अनुमति पर्खेर बसेका छन् ।
हिमालयन हाईड्रोले २०७६ कात्तिकमा आवेदन दिएको थियो भने बिन्धवासिनि हाईड्रोले सोही बर्षको माघमा आवेदन दिएको थियो । बोर्डले दुइटै कम्पनीलाई पटक पटक आबस्यक कागजात हरु पुर्याउनु भनेर पठाएको छ । त्यस्तै, २०७७ असारमा आवेदन दिएको डिश मिडिया नेटवर्कले पनि अनुमति पाएको छैन ।
बिन्धबासिनिलाई बोर्डले अन्तीम पटक गएको चैत्रमा थप कागजात पुरा गर्नु भनेर पठाइसकेको छ साथै हिमालयन हाईड्रोलाई बैशाखमा पत्र पठाईसकेको छ ।
बोर्डले पठाएको टीप्पणीमा ६ महिनासम्ममा जबाफ आएन भने उक्त कम्पनीको आवेदन स्वत खारेज हुने व्यवस्था रहेको छ । केहि कम्पनीको जवाफ आउन ढिला भएपनि समयमै आउँछ होला नआएमा उक्त कम्पनीहरुको आवेदन स्वत: खारेज हुने बोर्डका प्रवक्ता निरज गिरीले बताए । यसअघि पनि केहि कम्पनीहरुको यस्तै कारणले खारेज गरीएको बताए । अहिले आवेदन दिएका कम्पनीहरु सम्पर्कमै रहेकाले समयमै जवाफ आउला, नआएको खण्डमा आवेदन खारेज हुने उनले बताए ।
त्यस्तै, बाँकि रहेका अन्य कम्पनीहरुले आवेदनमा आबस्यक प्रक्रिया पुरा भएपछि अनुमति पाउने गिरीले बताए ।


दिलिप खड्का
