images
images

नेप्सेमा भारी गिरावट, जीवन विकासको शेयरमूल्य पनि घट्यो, नारायणी विकास बैंकमा सकारात्मक सर्किट 


  • 481
    SHARES
  • २०७८ भाद्र १३ गते आइतबार

    नेप्सेमा भारी गिरावट, जीवन विकासको शेयरमूल्य पनि घट्यो, नारायणी विकास बैंकमा सकारात्मक सर्किट 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचकमा करिब ४९.१८ अंकका गिरावट आउँदा परिसूचक ३ हजार ४४ दशमलव ८६ अंकमा झरेको छ । 

    आज बजारमा फाइनान्स कम्पनी बाहेक अन्य सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट हाइड्रो क्षेत्रमा देखिएको छ । सो क्षेत्रमा २.४२ प्रतिशत गिरावट देखिँदा बैंकिङ लगायत ७ वटा क्षेत्रमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । 

    उच्च गिरावटका बाबजुद आज बजारमा रुरु जलविद्युत् कम्पनीको शेयरमा मात्रै नकारात्मक सर्किछ लागेको छ । नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    जीवन विकास लघुवित्तको शेयरमूल्य करिब २ सय २८ रुपैयाँले घटेको छ ।


    images

    Logo