images
images

सानिमा म्युचुअल फण्डका दुई फण्डले प्रतिफल दिने, कुनको कति ? 


  • 430
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    सानिमा म्युचुअल फण्डका दुई फण्डले प्रतिफल दिने, कुनको कति ? 

    काठमाडौं । सानिमा म्युचुअल फण्डका अन्तर्गतका दुई फण्डले ईकाइभनिहरुलाई प्रतिफल दिने भएका छन् । 

    सानिमा बैंक लिमिटेड कोष प्रबन्धक तथा सबनिमा क्पापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डका अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्डले ईकाइधनिहरुलाई प्रतिफल दिने भएका छन् । 

    भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३३ प्रतिशत कर सहितका दरले  हुन आउने रकम ४२ करोड ९० लाख रुपैयाँ ईकाइधनिहरुलाई प्रतिफल दिने भएको हो ।  

    सानिमा लार्ज क्याप फण्ड आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट  १ अर्ब २० करोड रुपैयाँ बराबरको ४ प्रतिशत कर सहितका दरले हुन आउने रकम ४ करोड ८० लाख रुपैयाँ ईकाइधनिहरुलाई प्रतिफल दिने भएको हो ।  


    images

    Logo