images
images

सानिमा लाइफको शेयर भोलीबाट दोस्रो बजारमा कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज ?


  • 540
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    सानिमा लाइफको शेयर भोलीबाट दोस्रो बजारमा कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज ?

    काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणलाई वितरण गरेको शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । नेप्सेसँगको सम्झौता अनुसार कम्पनीको शेयर बिहिबारबाट दोस्रो बजारमा कारोबार हुने भएको हो ।

    कम्पनीले विक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत ६० लाख कित्ता साधरण शेयर सर्वसाधारणको लागि  निष्काशन गरेको थियो । साथै संस्थापकका लागि १ करोड ४० लाख कित्ता शेयर वितरण गरेको थियो । कम्पनी र धितोपत्र बोर्डबिच बुधबार सम्झौता भएपछि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएको हो ।

    कम्पनीको शेयरले ओपनिङ रेञ्ज १०३.१७  रुपैयाँदेखि ३०९.५१ रुपैयाँसम्म पाएको छ ।


    images

    Logo