काठमाडौं । साताको चौथो दिन बुधबार बजार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से आज १.१८ अंकले बढेर २ हजार ९ सय ७६ दशमलव ९८ बिन्दुमा पुगेको हो । बजारमा आज १ सय ८४ वटा कम्पनीको कारोबार भएको छ ।
बुधबार ९ अर्ब ३५ करोड बराबरको १७ करोड १८ लाख कित्ता शेयर कारोबार भएको छ ।
६८ वटा कम्पनीको शेयर मुल्य बढेको छ १०५ वटा कम्पनीको मुल्य घटेको छ भने बाँकी ११ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
बैंक होटल एण्ड टुरिज्म र लाइफ इन्स्योरेन्स कम्पनीको मुल्य बढेको छ भने विकास बैंक ट्रेडिङ, हाइड्रोपावर निर्जिवन बीमा कम्पनी, फाइनान्स, माइक्रोफाइनान्स आदि कम्पनीको मुल्य घटेको छ ।