images
images

भीष्मराज ढुंगानामाथि छानबिन गर्न पूर्व न्यायाधीश नेतृत्वमा समिति


  • 623
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    भीष्मराज ढुंगानामाथि छानबिन गर्न पूर्व न्यायाधीश नेतृत्वमा समिति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथि छानविन गर्न सरकारले पूर्व न्यायाधीश नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश अनन्तराज डुम्रेको नेतृत्वमा ३ सदस्यीष् आयोग गठन गरेको हो । सो आयोगमा प्राध्यापक नारायण पौडेल र कानून आयोगका सहसचिव अर्जुन खड्का सदस्य रहेका छन् । 

    छोरी र बुहारीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएपछि उनीमाथि कारबाही गर्न अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले यस्तो आयोग बनाएको हो । 

    यसअघि अर्थ मन्त्रालयले पनि जाँचबुझ समिति बनाए पनि सो समितिको सिफारिसको आधारमा ढुंगानालाई बर्खास्त गर्दा कानूनी जटिलता आउने भएकोले आयोग नै बनाइएको हो । 

    अब आयोगले गर्ने सिफारिसका आधारमा ढुंगानामाथि कारबाही हुनेछ । 

    यसअघि सोही आरोप खेपेका नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउद र नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य चन्द्रप्रसाद ढकालले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । तर, ढुंगाना भने राजीनामा पनि नदिन बरु हटाए अदालत जाने धम्की दिइरहेका छन् । 


    images

    Logo