काठमाडौं । एन आई सी एशिया क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल दिने भएका छन् । एन आई सी एशिया ब्यालेन्स फण्ड र एन आई सी एशिया ग्रोथ फण्डले इकाइधनिहरुलाई प्रतिफल दिन लागेका हुन् ।
भदौ १६ गते बसेको कम्पनीको कार्यालय बबरमहलमा बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
एन आई सी एशिया ब्यालेन्स फण्ड कम्पनीले आर्थिक वर्ष ०७७/०७८ का लागि इकाइधनिहरुका लागि ३० प्रतिशत करसहितका दरले हुन आउने २२ कराडे ६५ लाख रुपैयाँ प्रतिफल दिन लागेको हो ।
एन आई सी एशिया ग्रोथ फण्डले आर्थिक वर्ष ०७७/०७८ का लागि इकाइधनिहरुका लागि ३० प्रतिशत करसहितका दरले हुन आउने २५ करोड ५ लाख ६० हजार रुपैयाँ प्रतिफल दिन लागेको हो ।
सो प्रतिफल वितरण प्रयोजनका लागि इकाइधनि किताब खाता भदौ २७ गते एकदिनका लागि बन्द हुने छ ।


