images
images

सामलिङ्ग पावरको आईपीओ आजदेखि, कति आवेदन दिने ? 


  • 373
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    सामलिङ्ग पावरको आईपीओ  आजदेखि, कति आवेदन दिने ? 

    काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आज (शुक्रबार) देखि ५ लाख कित्ता शेयर निष्काशन गरेकाे हो । 

    निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात तीन लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । 

    स्थानीयले कम्पनीको शेयरमा प्रतिकित्ता १ सय रुपैयाँको दरले आवेदन दिन पाउनेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन बन्द छिटोमा १ असोजमा र ढिलोमा १७ असोजमा हुनेछ । 


    images

    Logo