काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा आज पनि भारी गिरावट आएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से करिब ५० अंकले घटेर २ हजार ९ सय २६ अंकमा झरेको हो । बजारमा आज सबै उपसूचक सहित १ सय ५५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य भने आज पनि बढेको छ ।
आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स तथा इन्भेष्टमेन्ट उपसूचकमा ३ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।
बजारमा उच्च गिरावटका बाबजुद आजको बजारमा कुनै पनि कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छैन । सबैभन्दा धेरै मूल्य गुमाउने नारायाणी विकास बैंकको शेयर मूल्य ७ प्रतिशतको हाराहारीमा मात्रै घटेको छ । बजारमा आज सानिमा लाइफ र मनकामना लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।